|

काठमाडौं : सेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढे पनि सोमबार र मंगलबार गिरावट भएको नेप्से परिसूचक बुधबार वृद्धि भएर कारोबार बन्द भएको हो।

बुधबार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंकले बढेको छ।

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर १ अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा वृद्धि भएसँगै मंगलवारको तुलनामा कारोबार रकममा पनि केही सुधार भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब बराबरको सेयर कारोबार भएको थियो।

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ६.५६ प्रतिशतले बढेको छ। त्यस्तै,विकास बैंक र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत् र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

बुधबार नेप्से परिसूचकमा वृद्धि भएसँगै दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, वरुण हाइड्रोपावरको शेयरमूल्य ९.४५ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर ङादी ग्रुप पावरको शीर्ष स्थानमा रहेको छ।

एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.