|

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका २ जना विदेशी पर्यटक एक महिनादेखि बेपत्ता भएका छन्। विना गाइड एक्ला एक्लै भ्रमणमा आएका २ जना विदेशी जेठ ५ गतेदेखि बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी ज्ञान बहादुर माझीले जानकारी दिए।

खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियन नागरिक ५० वर्षीय योहन सम्पर्क विहीन बनेका हुन्। बेपत्ताको खोजी कार्यका लागि नेपाल प्रहरी र नेपाली सेना परिचालित भए पनि अहिलेसम्म पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले गोक्यो, थाङ्बोचे र एभरेस्ट बेसक्याम्प क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएकाे छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.