|

भारतको महाराष्ट्रमा भाजपाको समर्थनमा शिवसेनाका नेता एकनाथ शिन्दे मुख्यमन्त्री भएका छन्। शिवसेनाका नेता सिन्देले पार्टीको ५६ जना विधायकमध्ये ३९ को समर्थन प्राप्त गरेका हुन् । 

यसअघि कांग्रेसको समर्थनमा मुख्यमन्त्री रहेका शिवसेनाका प्रमुख उद्धव ठाकरेले बुधबार राजीनामा दिएका थिए।ठाकरेको राजीनामापछि भाजपा र शिन्दे समूह एक ठाउँमा आएको हो । भाजपाले समर्थन गरेपछि सिन्देले बहुमत विधायकको साथ आफूसमक्ष रहेको भन्दै राज्यपाल भगतसिंह कोश्यारीसमक्ष सरकारको दाबी गरेका हुन्। 

सन् २०१९ मा भएको विधानसभा चुनावमा भाजपा सबैभन्दा ठूलो पार्टी बनेको थियो । भाजपा र शिवसेनाले चुनावी तालमेल गरे पनि मुख्यमन्त्री को बन्ने विषयमा विवाद बढेपछि शिवसेनाले कांग्रेस र एनसीपीको साथ लिएर सरकार बनाएको थियो ।​ 

महाराष्ट्र विधासभामा २८८ सिट छ। बहुमतका लागि १४४ विधायकको समर्थन चाहिन्छ। शिन्देले १६१ विधायकको साथ पाएका छन्।

जुन २० देखि महाराष्ट्रमा सरकार परिवर्तनका लागिचलखेलको समाचार बाहिरिएको थियो।  त्यही दिन आफ्ना केही समर्थक सांसदसहित शिन्देलेमहाराष्ट्र छाडेका थिए। यससँगै अढाई वर्षपछि भाजपा महाराष्ट्रमा पुन: सरकारमा फर्किएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.