|

महोत्तरी : जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आवतजावत गर्नेहरूसँग ‘प्रहरी निरीक्षक हौँ’ भन्दै पैसा असुल्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी निरीक्षक भएको भन्दै पैसा असुली गर्ने जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन पक्राउ परेका हुन्। 

प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ। तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.