|
Photo- BBC

बेलायतले हङकङ चीनलाई सुम्पिएको २५ वर्ष पूरा भएको छ। हङकङ फिर्ता भएको २५औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आज हङकङ पुगेका छन् । 

सन् २०२० मा कोरोना महामारी फैलिएपछि सी चीन छोडेर पहिलोपटक बाहिर निस्किएका हुन्। वर्षगाँठको अवसर पारेर शुक्रबार हङकङमा सार्वजनिक बिदा दिइएको छ भने सहरभरि विभिन्न कार्यक्रम आयोजना गरिएको छ। वर्षगाँठको नजिक हङकङमा कोरोनाको ओमिक्रोन भेरिएन्टको प्रकोप देखिएपछि सीको भ्रमण रद्द हुने अनुमानबीच सी बुलेट रेलमार्फत हङकङ पगेका हुन्।

उनलाई हङकङकी निवर्तमान प्रमुख कार्यकारी अधिकारी क्यारी लामले स्वागत गरेकी छिन्। क्यारी लामले राष्ट्रपति सीलाई भेट्नुअघि आफ्नो कार्यालयको अन्तिम दिन कोभिड क्वारेन्टाइनमा बिताएकी थिइन्।

चिनियाँ राष्ट्रपति सी यसअघि सन् २०१७ मा हङकङ फिर्ता पाएको २०औँ वर्षगाँठ मनाउन त्यहाँ पुगेका थिए। वर्षगाँठ विशेष समारोहमा हङकङमा चीनविरोधी प्रदर्शन हुने गरेका थिए। तर सन् २०२० मा सुरक्षा कानून लागू भएदेखि प्रदर्शनकारी सडकमा निस्किन छाडेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.