|

भारत र इङ्ल्यान्डबिच पाँच खेलको टेस्ट सिरिजको अन्तिम खेल शुक्रबारबाट बर्मिङघममा शुरु हुँदै छ। ५ खेलको टेस्ट सिरिजअन्तर्गत ४ खेल गतवर्षमै सम्पन्न हुँदा पाँचौ तथा अन्तिम टेस्ट भने कोरोनाका कारण स्थगित गरिएको थियो। म्यानचेस्टरमा हुने तय भएको उक्त टेस्ट १० महिनापछि हुन लागेको हो। भारतका लागि यो टेस्टमा जसप्रित बुमराहले कप्तानको जिम्मेवारी समाल्नेछन्।

गत वर्ष सिरिज स्थगित हुनुअघि टेस्टमा भारत २-१ ले अघि रहेको थियो। अर्थात भारतीय टिमले यो खेल बराबरी गरेमा पनि सिरिज जित्नेछ। यदि भारतले सिरिज जितेमा धेरै कीर्तिमान बन्ने पक्का छ। ९० वर्षको इतिहासमा भारतले इङ्ल्यान्डमा ५ खेलको कुनै पनि सिरिज जितेको छैन। साथै पछिल्लो १५ वर्षमा इंग्लिस भूमिमा भारतले कुनैपनि सिरिज जित्न सकेको छैन। बर्मिङघममा ५५ वर्षदेखि भारत जितविहीन रहँदै आएको छ।

भारतीय टिमले सन् १९६७ मा बर्मिङघममा पहिलो टेस्ट खेलेको थियो। त्यसयता अहिलेसम्म दुई टिमबिच यहाँ ७ टेस्ट भएका छन् जसमा भारतले एउटै खेल पनि जित्न सकेको छैन। ६ टेस्टमा इङ्ल्यान्डले जित निकाल्दा १ टेस्ट बराबरीमा सकिएको छ।

बर्मिङघम टेस्टमा शुरुवाती दुई दिन वर्षा बाधक बन्ने सम्भावना रहँदा भारतका लागि नियमित कप्तान रोहित शर्माको अनुपस्थिति महँगो पर्ने आँकलन गरिएको छ। तर विराट कोहलीको अपेक्षा फेरि पनि भारतले गरेको छ। तर कोहलीको पछिल्लो समयको खराब लय टाउको दुखाइ बन्ने सम्भावना बलियो छ। न्युजिल्यान्डविरुद्ध उच्च फर्ममा देखिएको इंग्ल्यान्ड पुनः एक पटक भारतविरुद्ध हाबी हुने खतरा बलियो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.