काठमाडौं : थाहाखबरले प्रत्येक शनिबार साताभरिका प्रमुख गतिविधिलाई समेटेर साताको तस्विर प्रकाशन गर्दै आएको छ। साताका औपचारिक तथा अनौपचारिक तस्विर हामी यो स्तम्भमा समेट्छौँ।
यो साताका केही तस्विर–
असार १५ : धान दिवसको अवसरमा नेकपा एमालेनिकट भ्रातृ संगठन युवसंघको रोपाइँ। तस्विर : शिला तिम्सिना
सक्कली–नक्कली : बुधबार काठमाडौंको गौशाला चोकमा एउटै नम्बरको दुई मोटरसाइकल। तस्विर : सामाजिक सञ्जाल
बाँच्न देऊ : काठमाडौं महाराजगञ्जमा खाना खाँदै शरणार्थी महिला। तस्विर : थाहाखबर
प्रदूषित प्रकृति : ललितपुरको खोकनामा खेतीयोग्य जमिनमा चलाइएको इँटा भट्टा। तस्विर : थाहाखबर
किरात वाम्बुलेको कथा : राई भाषाको ‘सुम्निमा’ नाटक मञ्चनमा एक कलाकार। तस्विर : थाहाखबर
भूकम्पको भय: अफगानिस्तानको खोस्ट प्रान्तको स्पेरामा भूकम्पपछि क्षतिग्रस्त घरबाहिर वृद्ध। तस्विर : अलजजिरा
तपाईंको ईमेल गोप्य राखिनेछ ।