|

काठमाडौं : बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्ति वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१ का ४९ वर्षका दशरथ ठाकुर हजाम रहेका छन्। 

उच्च अदालत पाटनले चितवनको भरतपुर-४ स्थित गढीमाई सप्लायर्सका सञ्चालक उनलाई १२ लाख २६ हजार रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो। उनले गत असार ७ गते कपिलवस्तु वाणगंगा नगरपालिका-४ स्थित मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रालिबाट ४५ लाखको उधारो कारोबार गरेका थिए। 

कारोबारपश्चात् फरार  उनलाई कम्पनीका सञ्चालक तिलकराम गुप्ताले मुद्दा दर्ता गरेका थिए। सोही मुद्दामा सजाय पाएका उनलाई बिहीबार वीरगञ्ज महानगरपालिका- १ छपकैयाबाट पक्राउ गरिएको पर्साका डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए। उनका अनुसार ठाकुरलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.