|

काठमाडौं : क्यानाडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई पराजित गरेको छ। गएराति राति भएको खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको हो।

नेपालले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५१ रन बनाउन सक्यो। ओन्टारियोका रियाजखान पठानले ३६ रन बनाउँदा कप्तान नरेश बुढाऐरले २९ रन जोडे। यस्तै निकोलस मनोहरले २५ तथा जश शाहले २० रन बनाए।

नेपालका पवन सरार्फले ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले २२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनाएको थियो। नेपालका लागि विनोद भण्डारीले ५७ रनको अर्धशतकीय इनिङ खेले।

यस्तै आसिफ शेखले ४२ रन जोड्दा देव खनालले २७ रन बनाए।  बसिर अहमेदले २४ रन जोड्दा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९ रन जोडे। कुशल भुर्तेलले १३ रन जोडे भने आदील आलम १० रन अविजित रहे ।ओन्टारियोको शील पटेलले ३ विकेट लिए।

क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो। अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ।

त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.