|

काठमाडौं : अर्थर गनको नामले चिनिने दिवेश पोखरेल नेपाल आउने भएका छन्। अमेरिकन आइडल २०२० को फाइनलमा पुगेका पोखरेल भदौमा नेपाल आउने भएका हुन्। 

अमेरिकामा बस्दै आएका उनी अमेरिकन आइडलपछि पहिलोपटक नेपाल आउन लागेका हुन्। काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन, इटहरी लगायतका सात शहरमा उनको कन्सर्ट गर्ने तयारी छ। कन्सर्टको आयोजक ब्रेन सर्भिस हो। 

कन्सर्टमा पोखरेलसहित अन्य स्थानीय कलाकार तथा ब्याण्डले पनि आफ्नो प्रस्तुति दिनेछन्। नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना कन्सर्टको रूपमा अघि बढाउने तयारी पनि रहेको आयोजकले जनाएको छ।

अमेरिकन आइडलको रनरअप भएका पोखरेलका 'न्यानो घर', 'प्रलय', 'म', 'हाम्रो दिन', 'आकाशको परी' लगायत गीत सार्वजनिक छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.