|
ललितपुरको नागदह

काठमाडौं : भीडभाड, भागदौड अनि व्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला । किनभने जहिल्यै र जताततै कामै कामको चाप हुन्छ । 

तर यही व्यस्त शहरमा साँझपख थोरै समय निकाल्ने हो भने गोधुलीको भरपुर मजा लिन सकिन्छ। जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छ। नीलो आकाशमा रातो अनि पहेलो रङ भरिन्छ। 

आजभोलि सूर्यास्तसँगै राजधानीका गोधुली साँझहरु रंगीन छन्। सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट पुग्ने राजधानीवासीले फुर्सद निकालेर कौसीमा बस्ने हो भने भरपुर आनन्द लिन सकिन्छ।

दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ।

हेर्नुहोस् काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट देखिएको गाेधुली–

ललितपुरको चापागाउँ

भक्तपुरको नगरकाेट

ललितपुरको कुपण्डोल

बाग्मती नदी

ललितपुरको ठेचो

काठमाडौ र ललितपुरको  सिमाना श‌ंखमूल

काठमाडौंको बानेश्वर

ललितपुरको भैँसेपाटी

काठमाडौंको बिजुलीबजार

कीर्तिपुर, चोभार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.