हिमपहिरो र लेक लाग्‍नु मुख्‍य कारण

|

अन्जु कार्की

सोलुखुम्बु : यस वर्षको वसन्त यामको सगरमाथा आरोहणको क्रममा ५ जनाको मुत्यु भएको छ। सगरमाथा आरोहणको क्रममा विदेशी ३ जना र नेपाली २ जनाले ज्यान गुमाएको पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यले जानकारी दिए। यस वर्षको वसन्त ऋतुमा ३ सय १९ जनाले सगरमाथा चचुरो चुमेका छन्।

वार्षिक सरदर ८ सय जनाले सगरमाथा आरोहण गर्ने गरेका छन् भने  आरोहणको क्रममा वार्षिक सरदर ६ जनाको मृत्यु पनि हुने गरेको विभागले जनाएको छ। आरोहणमा क्रममा रिँगटा लाग्ने, टाउको दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिने र गम्भीर खालको लेक लागेर धेरैको मुत्यु हुने गरेको सगरमाथा आरोही टुक्ती शेर्पाले बताए।

आरोहणमा क्रममा रक्तचाप कम वा बढी भएमा पनि आरोहीको मुत्यु हुने उनको भनाइ छ। सन् २०१० अर्थात् पछिल्लो १२ वर्षयता सगरमाथाको आधारशिविर भन्दा माथि ७ हजार ९ सय ५४ जना पुगेकोमा ७२ जनाको मृत्यु भएको छ। जसमध्य धेरैको मृत्यु हिम पहिरोका कारण हुने गरेको सगरमाथा आइफल डाक्टर अर्थात् आरोहण अघि पहिले बाटो बनाउने व्यक्तिहरुको भनाइ छ।

२०७६ सालको वसन्त यामको सगरमाथा आरोहणको क्रममा १० जना आरोहीको मुत्यु भएको तथ्यांक पर्यटन विभागसँग छ। संसारकै अग्लो स्थालमा उभिन चाहनेहरूले जोखिम पनि उत्तिकै मोल्ने गरेका छन्।

आरोहणको क्रममा  टाँगिने डोरी  बलियो नहुनु, अक्सिजनहरूको चोरी तथा बीचमा बाटोमा अक्सिजन सकिनुले पनि आरोहीको मुत्यु हुने गरेको छ। ७ पटक सगरमाथा आरोहण गरिसकेका आरोही दा जाङबु शेर्पाले व्यवस्थापनको पाटो फितलो हुँदा आरोहणका क्रममा धेरैले ज्यान गुमाउनुपरेको बताए।

आरोहणका लागि  टाँगिएका डोरीहरुको व्यवस्थापनमा सरकार गम्भीर नहुँदा ज्यान गुमाउनेको संख्यामा वृद्धि हुँदै गएको आरोहीहरुले गुनासो गरेका छन्।

सर्वोच्च शिखरको आरोहण १९५३ मे २९ बाट सुरू भएको हो। त्यसयता मात्रै तीन सय आरोहीको मृत्यु भएको छ। यस वर्षको वसन्त याममा आरोहीहरूबाट राज्यले ३९ करोड ९५ लाख रूपैयाँ रोयल्टी संकलन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.