|

काठमाडौं : प्रदेश नम्बर एकका प्रदेशसभा सदस्य रामचन्द्र लिम्बुले पहाडका बाँदरहरु गुरिल्लाजस्तो बन्दै गएको बताएका छन्। 

शनिबार प्रदेशसभा बैठकमा बोल्दै उनले बाँदर आतंकका कारण मानिसहरु पहाडबाट तराईतिर बसाइँ सर्ने र पहाड रित्तिनै अवस्था सिर्जना भएको बताए। 

‘पहाडका बाँदर गुरिल्लाजस्तो भएका छन्’, लिम्बुले भने, ‘पुरुषहरु खेद्न गए अलिकति भागेजस्तो गर्छ, महिला गए आक्रमण गर्छ, कुट्छ।’

उनले केही दिनअघि आफ्नै छिमेकीलाई बाँदरले आक्रमण गरेको बताए।

‘अस्ति त मेरै घर नजिकैको छिमेकी राजकुमारी नेपाललाई बाँदरले धमाधम कुट्दै रहेछ’ उनले भने, उहाँहरु पनि अर्को साल बसाई जाने कुरा गर्दै हुनुहुन्थ्यो। त्यो कुराले मलाई पोल्यो र मैले यहाँ उठाएको हुँ।’

बाँदरले अन्नबाली तथा फलफूल खाइदिने हुँदा किसानहरु मर्कामा परिरहेको उनले बताए। ‘मकै कोदो, जुनेलो, सुन्तला, मास जे लगायो सबै खाइदिन्छ’, उनले थपे।

उनले यस विषयको समाधान खोज्न पनि माग गरे। 

‘बाँदरलाई खेद्न बन्दुक हान्न पनि पाईँदैन, भ्यासेक्टोमी गर्ने हो कि के हो, विकल्प खोज्नुपर्‍यो’ लिम्बुले भने। 

उनले नेपाली झण्डाको दुरुपयोग भइरहेको भन्दै यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण पनि गाएर। उनले भने, ‘घरैपिच्छे, बाइकैपिच्छे गाडीनै पिच्छे राष्ट्रिय झण्डा छ, यसको दुरुपयोग रोक्नुपर्‍यो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.