|

जुम्ला : जुम्लामा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी शुरु भएको छ। जुम्लाका कृषकले उत्पादन गरेका विभिन्न कृषिजन्य उत्पादन प्रदर्शनीमा राखिएको हो। उत्कृष्ट कृषक समूह, सहकारी, कृषकहरूलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ।

तिला गाउँपालिका–१ की मेनका बुढा कषि विकास कार्यालय जुम्लाले आयोजना गरेको कृषि मेलामा तेलन बाली भाँगो प्रदर्शनी गरेकी थिइन्। उनी द्वितीय भइन्। उनलाई नगद र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ। जिल्लाभरका कृषकलाई कृषि मेलामा सहभागी हुन भने पनि मौसमका र भौगोलिक विकटताका कारण सबै कृषक सहभागी हुन नसकेको कृषि विकास कार्यालय जुम्लाले बताएको छ। 

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले तेलहन, दलहन र फलफूलले भरिपूर्ण रहेको मेला खुला  ठाउँमा  हुनुपर्ने बताए। विगतको स्मरण गर्दै कुनै बेला हरितालिका (तीज) का वेला यस्ता मेला हुने गरेको बताए।

समन्वय प्रमुख आचार्यका अनुसार समयको माग बिकासको परिवर्तनसँगै असारको महिनामै काँक्रा, टमाटर, फर्सीजस्ता वस्तु उत्पादन हुने गरेको बताए। उनले भने, ‘जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरिएको छ तर यहाँ जैविक मलको उत्पादन नभएका कारण उत्पादनमा कमी आउने गरेको छ।’ 

प्रदर्शनी मेलामा आठवटा बाली समूह राखिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए। उनले भने, ‘तेलन, बाली, दलन बाली, फलफूल बाली, नगदे बाली, तरकारी बाली, विविध बाली लगायतका जुम्लामा उत्पादन भएको बस्तुको प्रदर्शनी गरिएको हो।’

त्यस्तै जुम्लाको अर्गानिक तरकारी तथा फलफूल उत्पादन बढ्दो रहेकाले सबैले कृषिमा ध्यान दिन चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए। उनले मेलाले कृषकलाई उत्साहित जागरुक बनाएको बताए।

यस्ता कार्यक्रम प्रदेश सरकारले कृषिका लागि अझै धेरै सहयोग गर्ने प्रतिबद्धता गरेको छ। स्याउ, ओखर, मुला, काँख्रा, चिनो, कागुनो, भटमास, फर्सी, टमाटर, गाजर, मास, मसुरो, जौँ, गेरास, भाँगो, तोरी, मार्से लगायतका अन्य कृषि उत्पादन राखिएका छन्।

जिल्लास्तरीय प्रदर्शनी कृषि मेलामा ४१ जना किसानले भाग लिएका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.