|

काठमाडौँ : करिब साढे २ वर्षपछि उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ। 

प्रतिनिधिसभाको दोस्रो बैठकमा अहिले निर्वाचन प्रकृया अघि बढेको छ। बैठकको सुरुमा उपसभामुखका लागि प्रस्ताव गरिएपछि अहिले सांसदहरूले आ-आफ्नो उम्मेदवारको पक्षमा मत राख्‍ने क्रम जारी छ।

उपसभामुखको लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद विद्या भट्टराई प्रतिस्पर्धामा छन्। 

नेकपा एमालेकी सांसद शान्ता चौधरीले उपसभामुखमा विद्या भट्टराईलाई निर्वाचित गरियोस् भनी प्रस्ताव गरेकी छन् भने एमालेकै सांसद कृष्णभक्त पोखरेलले उक्त प्रस्तावको समर्थन गरेका छन्। 

त्यसैगरी उपसभामुखमा पुष्पा भुसाललाई निर्वाचित गरियोस् भनी नेकपा माओवादी केन्द्रका सांसद देव गुरूङले प्रस्ताव गर्ने र नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी कुमारी चौधरीले समर्थन गरेकी छन्।  लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गर्ने कार्यसूची छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.