|

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आज भेटघाट भएको छ।

अध्यक्ष नेपाललाई भेट्न राजदूत श्रीवास्तव कोटेश्वरस्थित निवासमा पुगेका हुन्। अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भेटमा नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको नेता नेपालको सचिवालयले जनाएको छ ।

श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने आश्वासन दिएका थिए। राजदुत श्रीवास्तवले यस अघि विभिन्न प्रमुखदलका शिर्ष नेताहरुलाई भेटी सकेका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.