|

काठमाडौं : ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबलको दोस्रो खेलमा फराकिलो हार ब्यहोरेको छ ।  

मलेसियाको पेनाङ सिटी रंगशालामा भएको खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० गोलले पराजित भएको हो। 

पेनाङले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा थप तीन गोल थप्यो। पेनाङको जितमा लुकास सिल्भाले ह्याट्रिकसहित ४ गोल गरे। सराभानले एक गोल गरे।

यसअघि बिहीबार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ गोलले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.