|

पर्वत : भानु जयन्तीको अवसर पारेर सुजल फुड्स प्रालिको आयोजनामा ‘म पनि कवि–२०७९’ राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ।

२०९ औँ भानु जयन्तीको अवसर पारेर देशभरका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू मात्रै सहभागी हुन पाउने गरी प्रतियोगिताको आयोजना गरिएको हो।

प्रतियोगितामा सहभागी हुन सुजल फुड्सले तोकेको अनलाइन प्लेटफर्ममा पुगेर विवरण दर्ता गरी कविता पनि त्यहीँ राख्नु पर्नेछ।

प्रतियोगी कविताहरू गत असार १६ गतेदेखि अनलाइनमा राख्न सुरु गरिएको र असार २५ गतेसम्ममा राख्न सकिने आयोजकले बताएको छ।  विद्यार्थीलाई प्रोत्साहन र उत्प्रेरणा दिनका लागि प्रतियोगिता आयोजना गरिएकोआयोजकको वेबसाइटमा उल्लेख छ। नेपाली कवितालाई युवा पुस्तामा प्रवर्धन गर्न पनि यो पहल गरिएको उसले बताएको छ।

प्रतियोगिताको निर्णायकमा रहने कवि तथा समालोचक महेश पौड्याल र कवयित्री तथा निबन्धकार मोमिला जोशीले आफ्ना कुरासँग आफैसँग बाझिएको हुन नहुने, कोमल, श्रुति मधुर र आलंकारिक शब्दहरूको प्रयोग, कवितामा कला प्रस्तुति मात्रै नभई विचार पनि सशक्त भएको, आफूले बाँचेको, धर्ती, जीवन र परिवेशलाई पनि सुगन्धित पारिएको भएमा राम्रो हुने बताएका छन्।

कविता अंग्रेजी वा नेपाली भाषा तथा गद्य वा पद्य दुवै शैलीमा लेख्न सकिने छ। कवितामा शीर्षक नतोकिएका कारण सहभागी हुन चहानेहरुले आफूलाई मन लागेको विषयमा लेख्न पाउने आयोजकले बताएको छ।

प्रतियोगिताका नियममा कविता लेखनमा अभिभावकको हस्तक्षेप स्वीकार नगरिने र त्यस्तो भएको भएमा अयोग्य मानिने, नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउने र सहभागीले एउटा मात्र कविता पेस गर्न सक्ने बताइएको छ।  चोरी गरेको भएमा अयोग्य मानिने, अपमानजनक कविताहरूलाई निषेध गरिने, आयोजकले तोकेका निर्णायकहरूको निर्णय नै अन्तिम हुने बताइएको छ। प्रतियोगिताको नतिजा चोकोफन फेसबुक पेज मार्फत गरिने भनिएको छ।

आफ्नो कविता अनलाइनमा राख्नको लागि  https://bit.ly/heartofpoets   मा क्लिक गर्नभनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.