|

काठमाडौं : कोभ्याक्स सुविधाअन्तर्गत झन्डै थप २३ लाख डोज कोभिड बिरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ।

देशका २७ जिल्लाका ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई दिनका लागि फाइजर बायोन्टेकको २२ लाख ९९ हजार २ सय पेडियाट्रिक खोप आज काठमाडौं आइपुगेको हो।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाले  कतार एयरको उडानमार्फत खोप आएको र यो खोप केही दिनअघि पहिलो चरणमा फाइजर खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाइ दोस्रो डोजको लागि प्रयोग गरिने बताए।

'आज आएको खोप यस अघि यही खोपको पहिलो डोज लगाएका बालबालिकाहरुलाइ लगाइने छ, केही बढि भएको खोप ललितपूर काठमाडौं जिल्लामा दिइने छ किन कि त्यहाँ पहिलो डोज लगाउँदा नै अलिकति खोप नपुगेको सूचना आएको थियो’ उनले भने।

५ देखि ११ वर्ष उमेर समुहका ३९ लाख बालबालिकालाई दुई मात्रा खोप दिनका लागि आवश्यक ठानिएको ८४ लाख डोज खोप अनुदानमा उपलव्ध गराउने प्रतिवद्ततासहित कोभ्याक्स खोप पठाएको हो।

यो माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने भएकोले नेपालले आफ्नो क्षमता अनुसार चरणवद्ध रुपमा खोप मगाउने गरेको छ ।

यसअघि कोभ्याक्स मार्फत गत ६ असारमा पनि २२ लाख डोज खोप प्राप्त गरेको थियो । सरकारले गत ९ असार देखि पहिलो चरणमा देशका २७ जिल्लाका बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप दिन सुरु गरेको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.