|

काठमाडौं : राहदानी विभागमा दैनिक रूपमा हुनुपर्ने काममा समेत अत्यन्तै ढिलासुस्ती भएको भन्दै युवा संघले प्रदर्शन गरेको छ। आइतबार त्रिपुरेश्वरस्थित विभागमा ढिलासुस्ती अन्त्य हुनुपर्ने मागसहित नेकपा एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको हो।

विभागको काममा ढिलासुस्ती र बिचौलियाको हालिमुहाली भएको भन्दै जनतालाई सास्ती दिने काम बन्द हुनुपर्ने उनीहरूको माग थियो। सरकारले जनताको सेवा गर्न नसकेको भन्दै उक्त प्रदर्शनमा युवासंघ सदैव जनताको साथमा रहेको प्रदर्शनमा उपस्थित संघका कार्यकर्ताले बताए।

उनीहरूले जनताको सहज तवरले राहदानी लिने अधिकार सुनिश्चित गर्, बिचौलियाको हालीमुहाली बन्द गर्, ढिलासुस्ती अन्त्य गर्, महँगीले सतायो राहदानीले रुवायो आदि जस्ता नारा लगाउनुका साथै विभिन्न प्लाकार्डसमेत बोकेका थिए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.