|

काठमाडौं  : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने ५ नेता कारबाहीमा परेका छन्। शनिबार बसेको एकता अभियानको सचिवालय बैठकले सचिवालय सदस्य युवराज सफलसहित पाँचजनालाई निष्कासन गर्ने निर्णय गरेको हो। 

९ जना सचिवालय सदस्यमध्ये ८ जनाको उपस्थितिमा ५ नेताहरूलाई कारबाही गरिएको  एकता राष्ट्रिय अभियानका प्रवक्ता निमाकान्त पाण्डेले बताए। 

उनले भने, उहाँहरूको कारबाहीको अर्थ छैन। पार्टीमा बहुमत सचिवालय सदस्यको बैठक बसेर युवराज सफललाई पार्टीमा फर्कन नमिल्ने गरी र अन्य ४ जनालाई आत्मालोचना गरे पार्टीमा फर्किन सक्ने गरी बैठकले कारबाही गरेको छ।’ 

अभियानका दलहरू समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठक बसी ५ बुँदे आरोपसहित गौतमलाई निष्कासन गर्ने निर्णय गरेको थियो। 

एक साताअघि मात्रै गौतमले कम्युनिष्ट एकता गर्ने भन्दै पार्टीको घोषणा गरेका थिए। उनले पार्टी घोषणालगत्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर एकताको प्रस्ताव समेत राखेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.