|

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजको लागि सकिएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठक आजको लागि सकिएको हो।

बैठक भोलि बिहान ११ बजे पुन: बस्नेछ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेका छन्। अध्यक्षले एजेण्डा प्रस्तुत गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका छन्।

बैठक तीन दिन चल्ने बताइएकाे थियाे तर नेताहरुले ५ दिनसम्म लगाएर भएपनि पार्टी पदाधिकारी टुंग्याउनु पर्ने भन्दै दबाब बढाइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.