|

काठमाडौं : साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ। गत साताको अन्तिम कारोबारको दिन ८.८७ अंकले गिरावट भएको नेप्से आइतबारको कारोबारमा भने वृद्धि भएको हो।

आइतबार नेप्से परिसूचक ५७.६५ अंकले बढेर २०८६.४२ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.२१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंकले बढेको छ।

आइतबार कारोबारमा २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको छ। अघिल्लो कारोबारको आधारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत् उपसमूहको परिसूचक ५.६३ प्रतिशत बढेको छ। यता, वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्से बढेसँगै कारोबारमा आएका ७ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्त र रसुवागढी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। उता ३० कम्पनीको शेयर मूल्य भने गिरावट आएको छ।

कारोबार रकमका आधारमा २२ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर ङादी गु्रप पावर शीर्ष स्थानमा रहेको छ। हिमालयन डिष्टिलरीको करिब ९ करोडको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.