|

काठमाडौं : आईजीपी बढुवाविरुद्धको मुद्दा आज पनि हेर्दा हेर्दैमा राखिएको छ।

गत सोमबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको आज सुनुवाइ भएको थियो तर आज पनि उक्त मुद्दालाई असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको छ।

धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटमाथि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो।

गत सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितका सरकारी वकिलहरूले बहस गरेका थिए। आज आइजीपी सिंहको पक्षबाट उनका निजी वकिल डा. भीमार्जुन आचार्य लगायत १८ जना वकिलले बहस गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.