|

काठमाडौं : ४ वर्षअघि भारतीय नागरिकको हत्या गरी फरार रहेका युवक आइतबार समातिएका छन्।

पर्साको वीरगञ्ज महानरपालिका-१ बस्ने २६ वर्षका रामजान भनेर चिनिने हसमुद्दिन अन्सारी आइतबार वीरगञ्जको छप्कैयाबाट पक्राउ परेका पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।

उनका अनुसार २०७४ फागुन ३ गते बेलुकी करिब ९ बजे बारा कलैया उपमहानगरपालिका-५ बहुअर टोल  नहरको छेउमा भारत बिहारका मनीषकुमार मृत भेटिएका थिए। हत्यापछि मृतकका दाई भारत बिहारको मोतिहारी थाना रक्सौल-१० बस्ने रोहित कुमारले जाहेरी दर्ता गराएका थिए।

मनीषको घाँटी रेटी हत्या गरी फरार रहेका उनलाई आइतबार पर्साको वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले पक्राउ गरेको हो। पक्राउ परेका रामजानलाई आइतबार नै जिल्ला प्रहरी कार्यालय बारा कलैयामा पठाइएको डिएसपी कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.