|

जनकपुरधाम : मधेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा बीमा पुनः सुरु भएकाे छ। कोरोना महामारीका कारण अवरुद्ध छोरी शिक्षा बीमा आषाढ १९ गते देखि पुन: सुरु भएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले बताए।

उनले सुरुमा बीमा गरेको प्रभु बैंकसँगको सम्झौता अवधि समाप्त भएपछि रोकिएको बीमा ग्लोबल आइएमई बैंकसँग सम्झौता भएलगत्तै शुरु भएको जानकारी दिए।

सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुँयाल र बैंकको तर्फबाट ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

२०७८ माघ १ गते पछि जन्मिएको छोरीहरुको लागि सुरू गरिएको बीमा, २० बर्षपछि ३ लाख दिने गरी प्रति बीमा ३७ हजार ४ सय ५७ रुपैँया ६० पैसा मधेस सरकारले बैंकलाई दिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ।

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालित छोरी शिक्षा बीमाको समुद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ फागुन ९ गते गरेकी थिइन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.