|

दाङ : दाङमा प्रहरीले नक्कली पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको  छ। पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका ५ बस्ने २० वर्षीय मिलन मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार उनलाई आइतबार बेलुका साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ स्थित केराबारी रेष्टुरेन्ट नजिकका स्थानीयलाई नक्कली पेस्तोल देखाएर तर्साउने क्रममा पक्राउ गरिएको हो।

उनले उक्त नक्कली पेस्तोल कम्मरमा च्यापी स्थानीयलाई तर्साइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरबाट गएको प्रहरी टोलीले नक्कली पेस्तोल कम्मरमा च्यापी रहेको अवस्थामा फेला पारेपछि पक्राउ गरिएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए।

साथै यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी  तुलसीपुरमा  प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका  ७ का २६ वर्षीय सुन्दर नेपाली र सोही ठाउँ निवासी ३० वर्षीय सन्तोष नेपाली रहेको इप्रका तुलसीपुरले जनाएको छ।

तुलसीपुर बजारमा लागुऔषध ब्राउनसुगर ओसार पसार गरिरहेको गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरबाट गएको प्रहरीले टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.