|

काठमाडौं : भर्खरै बढुवा भएका १७ डीआईजीहरूको पदस्थापन भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको पदस्थापनमध्ये ७ जनाले प्रहरी ईकाइको नेतृत्व गर्ने अवसर पाएका छन्।

डीआईजीशरु अशोक सिंह विशेष ब्युरो, श्यामलाल ज्ञवाली साईबर ब्युरो र किरण बज्राचार्यलाई बागमती प्रदेशको जिम्मेवारी दिइएको छ।

यस्तै रामदत्त जोशीलाई गण्डकी र पोषराज पोखरेलले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

काठमाडौं प्रहरी प्रमुख रहेका सुदीप गिरीलाई प्रदेश १ र टेकबहादुर तामाङ अख्तियार दुरूपयोग अनुसन्धान आयोगस्थित प्रहरी महाशाखा प्रमुख भएका छन्।

गत ८ असारमा बढुवा सिफारिस भएका १७ जना एसएसपीले आइतबारमात्रै डीआईजीको दर्ज्यानी चिन्ह लगाएका थिए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.