म्याग्दी : धौलागिरि हिमाल आरोहणको पहिलो विश्रामस्थल र जैविक विविधता तथा प्राकृतिक सुन्दरताको अनुपम भण्डार हो, धौलागिरि बेसक्याम्प। यो म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्छ ।
प्रकृतिले दिएको अनुपम उपहार जस्तो लाग्ने यस क्षेत्र हुँदै धौलागिरि शिखरमा मानव पाइला पुगेको पनि धेरै वर्ष भयो। विदेशी पर्यटकको रोजाइमा पर्ने आकर्षक यो स्थल राज्यको प्राथमिकतामा भने कहिल्यै परेको छैन।
बेसक्याप तलका गाउँका सयौँ युवा खाडी मुलुक र युरोप, अमेरिकाका शहरलाई गन्तव्य बनाइरहँदा विदेशका प्रकृति पारखी भने यहाँ रमाउन आउँछन्।
जडिबुटीको भण्डार मानिने यो क्षेत्रले यार्सागुम्बा, पाँचऔँले, सतुवा लगायतका बहुमूल्य औषधी गर्भमा लुकाएर राखेको छ।
चारैतिर हरिया खर्क,बादलले डम्मे डाकेको परिवेश,माथितिर धौलागिरि हिमाल र स्वच्छ र ताजा हावा अनि छङछङ गर्दै झरेको झरनाको चिसो पानी यहाँका आकर्षण हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।