|

काठमाडौं : हुन्डी कारोबार गर्ने एकजनाविरुद्ध ८ करोड २३ लाख बिगो दाबी गर्दै राजस्व अनुसन्धान विभागले मुद्दा हालेको छ।

विभागले सोमबार जिल्ला अदालत काठमाडौंमा पर्वतको कुश्मा-१ घर भइ काठमाडौं सामाखुसी बस्ने गणेश पौडेलविरुद्ध विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता गरेको हो।

उनले इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरी कानूनी व्यवस्था उल्लंघन गरेको भन्दै विभागले ८ करोड २३ लाख २६ हजार ८०६ रूपैयाँ बिगो कायम गरी सजाय माग दाबी गरेको छ। पौडेललाई विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भइ नेपालका विभिन्न व्यक्तिलाई रकम भुक्तानी दिएको देखिएको विभागले जनाएको छ।

उनले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायको रुपमा नै अपनाएको देखिएको, विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बराबरको रकम नेपालतर्फ भुक्तानी दिने गरेको देखिएको विभागले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.