|

सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका १३, श्रीनगरमा सोमबार साँझ गाडेको अवस्थामा शिशुको शव फेला परेको छ।

सागरनाथ गाउँबाट श्रीनगरतर्फ जाने सडकदेखि केही भित्र सागरनाथ वन परियोजनाको जंगलमा अन्दाजी १४/१५ महिनाको जस्तो देखिने शिशु (छोरी)को शव फेला परेको हो।

वस्तु चराउन जंगल गएका गोठालाहरुले सोमबार साँझ घर फर्कने क्रममा टाउको देखिने गरी गाडेको अवस्थामा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तत्कालै इलाका प्रहरी कार्यालय केशरगन्जबाट प्रहरी निरीक्षक रोशन थापाको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएकाे छ।

घटनास्थल र मृतकको शव हेर्दा गएराति तिर हत्या गरी गाडेको जस्तो देखिएको छ। प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.