|

पर्वत : पर्वतमा अलपत्र अवस्थामा भेटिएपछि प्रहरीको संरक्षणमा रहेका एक बालकलाई परिवारको जिम्मा लगाइएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा सोमबार अलपत्र अवस्थामा फेला परेका परिवारको जिम्मा लगाइएको हो। 

 पर्वत प्रहरीले गरेको सर्कुलर अनुसार उनी रोल्पाको गंगादेव गाउँपालिका–२ जिनावाङ बस्ने सीता थापाका ६ वर्षीय छोरा रहेको पहिचान भएको थियो। मनिष भनिने सिमान थापा मगरलाई उनकी आमालाई जिम्मा लगाइएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.