काठमाडौं : विदेशी चिकित्सकलाई पनि नेपाली चिकित्सक सरह मान्यता दिने व्यवस्थामा कुनै परिवर्तन नभएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।
यसअघि विदेशी चिकित्सकलाई नेपालमा काम गर्न पाउने गरी ऐन नियमावली संशोधन भएको भन्दै विरोध भएपछि काउन्सिलले विदेशी चिकित्सकलाई पनि नेपाली चिकित्सक सरह मान्यता दिने व्यवस्थामा कुनै परिवर्तन नभएको काउन्सिलले बताएको हो।
काउन्सिलले वक्तव्य जारी गर्दै स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहमति र सहभागितामा नेपाल मेडिकल काउन्सिल र भारतीय आयुर्विज्ञान परिषद्बीच चिकित्सकको उपाधिको आपसी मान्यताका विषय दुबै देशका प्रधानमन्त्रीहरूको रोहवरमा भएको समझदारीअनुसार नेमेकाको २०७६ कात्तिक ५ गतेको पूर्ण बैठकले निर्णय गरी काम कारबाही अगाडि बढेको उल्लेख गरेको छ।
काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ’स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहमति र सहभागितामा नेपाल मेडिकल काउन्सिल र भारतीय आयुर्विज्ञान परिषदबीच चिकित्सकको उपाधिको आपसी मान्यताको विषय दुबै देशका प्रधानमन्त्रीहरूको रोहवरमा भएको समझदारी अनुसार नेमेकाको २०७६ कात्तिक ५ गतेको पूर्ण बैठकले निर्णय गरी कामकारबाही अगाडि बढेको छ’
यस्तै उक्त प्रक्रियाका लागि भारतीय पक्षबाट प्रस्तावित परीक्षाको प्रावधान राखिएको र सो व्यवस्थाले विदेशी चिकित्सकको नेपालमा दर्ता तथा अभ्यासको व्यवस्थामा कुनै परिवर्तन नगरेको काउन्सिलले जनाएको छ। काउन्सिलका अनुसार यस्तो परीक्षा भारतीय पक्षबाट प्रस्तावित प्रावधान राखिएको र पूर्वयोग्यताका लागि मात्र प्रयोग हुने र परीक्षामा सफल उम्मेदवारहरू स्वतः दर्ता नहुने व्यवस्था ऐन तथा नियमावलीमा स्पष्ट उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।