|

सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुक्खा पहिरोमा परी अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको छ।

सुक्खा पहिरोमा परी ७२ वर्षीया रति कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी स्वास्थ्य संस्थामा पुर्‍याइएको छ। जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेको अवस्थामा सुक्खा पहिरोमा परेका थिए।

नेपाली सेनाको पश्चिम वेसबाट गएको हेलिकप्टरले घाइतेको उद्धार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.