|

सल्यान : नेकपा एमाले कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजंग शाहसँगको टिकटकले विवादमा परेकी एमाले नेत्रीले प्रविधिको दुरुपयोग गरिएको बताएकी छन्।

शाहलाई जोडेर अन्तर-सम्बन्ध झल्कने भिडियो सार्वजनिक भएपछि एमाले नेतृ टीका वलीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक भएको टिकटक गुलावजंग शाहसँग नभई आफ्नै श्रीमानसँग भएको बताएकी छन्।

सामाजिक सञ्जालको दुरुपयोग गरेर जसले भिडियो सार्वजनिक गरे त्यसकाविरुद्ध आफूले साइबर क्राइम सम्वन्धी मुद्धा प्रकृया अगाडि बढाउने बताइन्। स्थानीय तहको निर्वाचन पछि आफूले कुनै पनि टिकटक नबनाएको र त्यो भिडियो पनि आफूले नबनाएको समेत दाबी गरिन्।​

तपाइँकै आइडी मार्फत कसरी भिडियो सार्वजनिक भयो र त्यो भिडियो सार्वजनिक भएको केही दिनमै तपाइँले बनाएका सबै टिकटक कसरी डिलिट गरियो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, 'मेरो आइडी अरु कसैले ह्याक गरेकाले श्रीमानसँग बनाएको भिडियोमा कर्णाली प्रदेशका सांसद गुलावजंग शाहलाई जोडेर बनाएको हो।'

आफूले बनाएका सबै टिकटक स्टोरीमा राख्ने गरेकाले त्यो आइडी अरु कसैले ह्याक गरेको वलीले दाबी गरिन्। उनले तत्काल मुद्धा प्रकृया अगाडि बढाउने र त्यसमा सहयोग गरिदिन पत्रकारलाई आग्रह समेत गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.