|

काठमाडौं : पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५२ अंकले बढेको छ।

बुधवार कारोबारमा आएका २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको छ।

मंगलबारको तुलनामा बुधवार कारोबार रकम बढेको छ। मंगलवार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

बुधबार नेप्सेका १३ वटै उपसमूहहरुको सूचकमा हरियाली छाएको छ। जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको सूचक ६.९६ प्रतिशतले बढेको छ। त्यस्तै विकास बैंक उपसमूहको परिसूचक ६.२५ अंकले बढेको छ भने व्यापार उपसमूह ५.३९ ,जलविद्युत ४.७१,अन्य उपसमूहको ४.७२ प्रतिशतले बढेको छ।

बुधवारको कारोबारमा नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै,सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.९० प्रतिशत र  कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.८२ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा शिवम सिमेन्टले ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआईसी एशियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.