|

काठमाडौं : चालु आर्थिक वर्ष तथा साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।

नेप्से परिसूचक केही दिनदेखि निरन्तर रुपमा वृद्धि हुँदै गएको छ। त्यसैको निरन्तरतास्वरूप आइतबार पनि सामान्य अंकले बढेर कारोबार बन्द भएको छ। आईतवार नेप्से परिसूचक १.९३ अंकले बढेर २०११.३९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०९ अंकले घटेको छ।

आइतबार कारोबारमा आएका २१० कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से झिनो अंकले बढे पनि कारोबार रकम भने घटेको छ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। जसमा बैंक उपसमूहको परिसूचक ०.६३ प्रतिशत, लगानीको ०.९१ प्रतिशत, जीवन बीमाको ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८६ प्रतिशत र व्यापार उपसमूहको ०.४२ प्रतिशत बढेको छ। तर यता,होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से सामान्य अंकले बढेसँगै राधी विद्युत कम्पनीको शेयरमूल्य ५.४८ प्रतिशत बढेको छ भने प्रभु बैंक, नयाँ सारथि लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

यता,सामुदायिक लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ। अपर तामाकोशी हाइड्रोपावरको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.