|

बझाङ : सेती नदीले सडक कटान गरेको छ। नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो। 

नदीको पानीले जयपृथ्वी राजमार्ग अन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर विष्टका अनुसार जाले बगरमा सडक कटान हुन थालेको छ। 

अहिले साना सवारी आवतजावत भइरहे पनि ठूला सवारी ठप्प छन्। पानीको बहावलाई हेर्दा उक्त सडक अझै कटान हुने अनुमान गरिएको छ। 

गत वर्ष असोज ३१ गतेदेखि कात्तिक क ३ गतेसम्म वर्षाका कारण आएको बाढीले बगाएको उक्त सडक खण्ड पुनःनिर्माणको काम नसकिँदै मंगलबार राति बगाएको हो । सडक बगाउँदा बाहिर जिल्ला जाने र जिल्ला भित्रिने यातायातका साधन वारिपारी नै रोकिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.