|

काठमाडौं :​ इंग्ल्यान्डको बर्मिङघममा शुक्रबार २२ औं कमनवेल्थ खेलको सुरुवात गरिएको छ। प्रिन्स चाल्सले महरानी एलिजाबेथले दिएको सन्देश पढ्दै खेलको औपचारिक सुरुवातको घोषणा गरेका थिए।

३० हजार दर्शकमाझ झकिझकाउपुर्ण रुपमा कार्यक्रमको उद्घघाटन गरिएको थियो। ११ दिन सम्म चल्ने यो प्रतियोगितामा विभिन्न ७२ देशका ५ हजार बढी खेलाडीले २ सय ८० पदकका लागि प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगितामा उद्घघाटनको मार्चपासको सुरुवात अस्ट्रेलियाले गरेको थियो भने आयोजक इंग्ल्यान्ड अन्तिमममा देखिएको थियो। ओपनिङ कार्यक्रममा १० मिटर लामो साँढे बनाएर बर्मिङघमले गरेको संघर्ष देखाइएको थियो। साथै सहर कसरि कष्टपुर्ण अवस्थाबाट समृदिमा लम्किएको थियो भनेर पनि देखाइएको थियो।

उक्त अवसरमा १९७० को दशकमा सुपरहिट ब्रिटिश ब्यान्ड ब्ल्याक सबेथका लिड गिटारिस्ट रहेका टोनी इयोमीको धुनमा डान्सरहरुले प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.