|

सर्लाही : नेपाली कांग्रेस मधेश प्रदेश समिति सदस्य एवम् समाजसेवी ध्रुव रिजालले स्पाइनिङ मेसिन प्रदान गरेका छन्।

विगत ७ वर्षदेखि दुर्लभ रोग स्पाइसी सिटीबाट ग्रसित रहेका लालबन्दी–५ रन्जितपुरका दाजुबहिनी विवेक कर्ण र आशा कर्णलाई १ लाख बढी मूल्य पर्ने स्पाइनिङ मेसिन प्रदान गरिएको हो।

उनीहरुको शारीरिक व्यायामका लागि सहयोग पुर्‍याउने उदेश्यले आफूले मानवीय भावनाले स्पाइनिङ मेसिन प्रदान गरेको समाजसेवी रिजालले बताए। युवा नेता रिजाल  विगत लामो समयदेखि समाजसेवामा सक्रिय रहेका छन्।

गतवर्षको शितलहरको समयमा समेत विपन्न वर्गलाई न्यानो कम्बल, विपन्नलाई खाधान्न सहयोग गरेका  समाजसेवी नेता रिजालले शनिवार विहान वडाअध्यक्ष मिन प्रसाद ढुंगेल (रामु)को अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पना पाख्रिनको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी बिरामीको थेरापीका लागि सहयोगी सिद्ध हुने उक्त मेशिन बिरामीका बुबा अनिल कर्णलाई प्रदान गरेका हुन्।

समाजसेवी रिजालले आफूले कुनै राजनीतिक स्वार्थ र उद्देश्य नराखी मानवीय भावनाले सहयोग गरेको बताए।

स्पाईनिङ्ग मेसिन पाएपछि कर्ण दाजु बहिनीले अब आफूहरुको स्वास्थ्यमा सुधार आउने बिश्वास रहेको बताएका छन्। आर्थिक अवस्था कमजोर रहेको कर्ण दाजुबहिनीको अहिलेसम्म उपचारका क्रममा धेरै रकम  खर्च भइसकेको  बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.