|

रुकुम (पूर्व) : आर्थिक वर्ष ०७८।७९ मा रुकुम (पश्चिम)बाट झण्डै २ अर्ब रुपैयाँ बजेट फ्रिज भएको छ। संघ तथा प्रदेश सरकारबाट जिल्लाका विभिन्न कार्यालय र स्थानीय तहमा प्राप्त बजेटमध्ये १ अर्ब ८७ करोड ६६ लाख ८४ हजार ९७४ रुपैयाँ खर्च हुन नसकेको हो हो।

हालै सार्वजनिक महालेखा प्रतिवेदन अनुसार संघभन्दा प्रदेश सरकारको धेरै बजेट खर्च हुन नसकी फिर्ता भएको छ। प्रदेश सरकारबाट जिल्लामा प्राप्त कुल बजेटमध्ये ६७.२८ प्रतिशत मात्रै खर्च भएको छ। प्रदेशबाट ३ अर्ब ३८ करोड ७२ लाख ४४ हजार बजेट प्राप्त भएकोमा २ अर्ब २७ करोड ९० लाख ८५ हजार ४२१ रुपैयाँ मात्रै खर्च हुन सक्यो।

प्रदेश लेखा एकाइ कार्यालयका निमित्त प्रमुख यामबहादुर पुनले विभिन्न कार्यालय र आयोजनाको बजेट खर्च हुन नसकेको जानकारी दिए। खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, पूर्वाधार कार्यालय लगायतले धेरै बजेट खर्च गर्न नसकेको उनले जनाए।

तुलनात्मक रूपमा प्रदेश सरकारभन्दा संघ सरकारबाट प्राप्त बजेट खर्च भएको छ।  जिल्लामा ५ अर्ब ९६ करोड ३२ लाख ६२ हजार १ सय ४ रुपैयाँ बजेट आएकोमा ८७.१२ प्रतिशत अर्थात ५ अर्ब १९ करोड ८५ लाख २६ हजार ३ सय ९६ रुपैयाँ खर्च भएको छ।  ७६ करोड ४७ लाख ३५ हजार ७०७ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक अशोककुमार रानाले जानकारी दिए।

संघीय मन्त्रालय, अन्तर सरकारी र वित्तीय हस्तान्तरण शीर्षकमा बजेट आएको र यसैमध्येबाट केही बजेट फ्रिज भएको उनको भनाइ छ।

संघीय कार्यालयका लागि संघीय सरकारबाट प्राप्त बजेटमध्ये ४४ करोड ९ लाख ३१ हजार १८१ रुपैयाँ फ्रिज भएको छ। संघीय कार्यालयका लागि २ अर्ब १६ करोड ८५ लाख २६ हजार ५३६ रुपैयाँ प्राप्त भएको थियो। अन्तर सरकारीतर्फ ७ करोड ३० लाख ४० हजार २३१ रुपैयाँ फ्रिज भएको कोष नियन्त्रक रानाले बताए।

यो शीर्षकमा ७५ करोड ६९ लाख ३८ हजार ९८८ रुपैयाँ बजेट प्राप्त भएको थियो। वित्तीय हस्तान्तरणतर्फ २५ करोड ८ लाख ६६ हजार ६५६ रुपैयाँ फिर्ता भएको छ। यो शीर्षकमा ३ अर्ब ३ करोड ७७ लाख ९६ हजार ५८७ रुपैयाँ प्राप्त भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.