|

काठमाडौं : साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक ५४.५८ अंक बढेर २१९५.१० बिन्दुमा पुगेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १६.१० अंक र सेन्सेटिभ इण्डेक्स ३.८४ अंक बढेको छ।

आइतबार कारोबारमा आएका २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आजको कारोबारमा नेप्सेसँगै कारोबार रकम पनि बढेको हो।

नेप्सेका १३ उपसमूह १२ उपसमूहको परिसूचक बढेको छ भने फाइनान्स उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा  जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। लगानी उपसमूह ४.७६ प्रतिशत बढेको छ। अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। 

आइतबार नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स, युनाइटेड इदी मार्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र नेपाल लाईफ इन्स्योरेन्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर यता,नेशनल हाइड्रोपावर र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा २१ करोड ३४ लाख कित्ता शेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.