|

जनकपुर : चुरे संरक्षणको माग गर्दै भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आज जनकपुरधामस्थित सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन्।

विगत दुई सातादेखि रिले अनशन बस्दै आएका भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन्।

रिले अनशनमा बस्दै आए पनि प्रदेश सरकारले आफूहरुका समस्याप्रति गम्भीरता नदेखाएकाले दबाब दिन सडकमै सुतेर प्रदर्शन गरेको उनीहरूले बताएका छन्।

सिरहाको चोहर्वास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुट्यानको जग्गा फिर्ता हुनुपर्ने, चुरे जङ्गलको संरक्षण गर्नुपर्नेलगायत विभिन्न पाँचबुँदे माग राख्दै चुरे तथा वनजङ्गल संरक्षण अभियानका अभियन्ताहरू आन्दोलन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.