|

काठमाडौं : पहिलेपहिले अहिलेजस्तो छापाका चित्रका नाग ढोकामा टाँसिदैनथे। गोबरले गृहद्वारमा नागको मूर्ति बनाई पूजा गरिन्थ्यो। कपासको प्रतीक बनाएर पनि नागको पूजा गर्ने चलन अहिले पनि छ। शिलालाई पनि नागको आवाहन गरी पूजा गर्ने परम्परा छ।

अलि पछि हातले कोरेका नागका चित्र टाँसिन्थे। तिनमा नाग पनि शुद्ध हुन्थे, मन्त्र पनि। तर अचेल छापाका चिल्ला चित्रमा न नाग वास्तविक हुन्छन्, न त मन्त्र नै। नागलाई अन्यको अधीनमा राखेको चित्र बजारभरि पाइन्छ। यी चित्र गलत हुन्। किनभने यो दिन विशुद्ध नाग वा सर्पको पूजा गर्ने हो।

नागका चित्रमा विशेषगरी दुई मन्त्र हुन्छन् एउटा वज्रवारकको। अर्को अष्टनागको।  बजारबाट ल्याएको नागको चित्र अधिकांशमा अशुद्ध पाइन्छ। चित्र मुन्तिर आफैँ हेर्न सक्नुहुन्छ। तिनमा भएका अशुद्ध लखाइ तपाईँ आफैँ अनुभव गर्न सक्नुहुन्छ।

चित्रमा जे भए पनि तपाईँ शुद्ध मन्त्र पढेर नागको पूजा गर्नुहोस्–

वज्रवारकको मन्त्र 

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च। ​

जैमिनिश्च सुमन्तुश्च पञ्चैते बज्रवारकाः।। 

मुनेः कल्याणमित्रस्य जैमिनेश्चाऽनुकीर्तनात्।

विधुदग्निभयं नास्ति लिखिते च गृहोदरे।। 

अष्टनागको मन्त्र 

अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः।

कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिता ।l 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.