|

पुँजी मानव निर्मित उत्पादनको एक साधन हो जुन प्रकृतिमा नि:शुल्क पाइँदैन। कुनै निःशुल्क चिजलाई पनि थप व्यवस्थित गरेर लगानी गरेर मात्र पुँजीको रूपमा विकास गरिन्छ।

नदीको पानी भूमिको अंश हो भने नहर कुलो बनाएर खेतमा लगेको पानी जसले उत्पादनको मात्रा बढाउँछ त्यो पुँजी हो। पुँजी मानवीय श्रम, बुद्धि, मिहिनेतबाट बनेको हुन्छ।

पुँजी निजी क्षेत्रले निर्माण गर्छ भन्ने आम मान्यता छ। सरकारसँग पनि पुँजी हुन्छ तर पनि जनताले स्वतन्त्र रूपमा पुँजीको परिचालन गर्ने छुट भएको अर्थ व्यवस्थालाई मात्र पुँजीवाद भन्ने गरिन्छ।

उस्तै प्रकृतिको पुँजी सरकारको माध्यमबाट परिचालन गरियो भने सोही पुँजी साम्यवाद वा समाजवादको रूपमा परिभाषित हुने गर्छ।

सरकारको पुँजीमा त्यसको अभिवृद्धिको उत्प्रेरणा कसैसँग हुँदैन। सरकारले कर्तव्यको रूपमा सार्वजनिक पुँजी सञ्चालन गर्छ। निजी क्षेत्रले थप नाफा बढाउने उत्साहको रुपमा पुँजी परिचालन गर्छ। यो केवल दर्शन नभएर तथ्यांकले नै पुष्टि गरेको विषयवस्तु हो। 

ज्ञान, बुद्धि, प्रतिभा र खोज अनुसन्धानबाट कमाई गर्नुलाई बौद्धिक पुँजीको रुपमा बुझ्न सकिन्छ। यसपछि मानव साधनको बारेमा बहस चल्छ वास्तवमा मानिस पुँजी हो वा होइन।

बितेका ३०० वर्षमा पुँजीको निजी प्रयोगको बढ्दो दरले गर्दा उत्पादनको मात्रामा व्यापक विस्तार भयो। पुँजी परिचालनमा देखिएको व्यक्तिगत साहस, जोखिम ग्रहण गर्ने क्षमता, उच्च स्तरको निर्णय क्षमता भएका व्यक्तिहरू जो जन्मँदाको अवस्थामा अति गरिब नै भए पनि पछि गएर अति धनिमा परिणत भए।

यसको मूल कारण पुँजी निर्माण र परिचालनमा दिइएको अधिकतम स्वतन्त्रताको प्रतीक थियो।

पुँजी माथि भनिए जस्तै मानव निर्मित उत्पादनको साधन हो। यसका मुख्य ३ स्वरुप छन्। भौतिक, वित्तीय र बौद्धिक पुँजी।

बस, ट्रक, कलम, कम्प्युटर, मेशिन आदि जसले थप कमाइ दिन सक्छ आदिलाई भौतिक पुँजी भनिन्छ। यसको प्रयोग पनि निजी क्षेत्रले थप कमाईका लागि गर्ने गर्छ। सरकारले प्रायः जनसेवाका लागि गर्ने गर्छ।

सरकारले प्रयोग गरेको भौतिक पुँजीले दीर्घकालमा देश जनतालाई लाभ दिएपनि तत्काल निजी क्षेत्रले प्रयोग गरेको पुँजीले जस्तो उत्पादकत्व दिन सक्दैन।

निजी पुँजीको उत्पादकत्व दर र त्यसको गति तीव्रताले गर्दा पुँजीवादमा निजी क्षेत्रको मात्र अधिकार भएको जस्तो गरी व्याख्या गरिन्छ।  जसरी भनिए पनि पुँजी निजी तथा समाजवाद दुवै क्षेत्रमा परिचालन भएको हुन्छ।

निजी क्षेत्रले प्रयोग गर्ने पुँजीमा अनावश्यक खर्च कम हुने उत्पादकत्व बढी हुनुको साथै प्रविधि परिवर्तनको प्रकृया सहज हुने कारणले पुँजीवाद पूर्ण रूपमा निजी क्षेत्रले प्रयोग गर्ने वादको रुपमा प्रयोग गरिन्छ।

बीर अस्पतालमा प्रयोग हुने सिटिस्क्यान मेसिन र निजी अस्पतालमा प्रयोग हुने सिटिस्क्यान मेसिनको मूल्य बराबर भएपनि निजीले १५ दिनभित्र मेसिन किनेर कमाई शुरु गर्न सक्छ वीर अस्पतालको मेसिन किन्ने प्रक्रिया नै महिनौँ लामो हुन्छ। यस्तै अन्तरले गर्दा पुँजीवादको सम्बन्ध निजी क्षेत्र बढी प्रभावकारी देखिन्छ।

पुँजीवादले उत्पादन बढाउँछ, प्रविधि सुधार गर्छ। तर यसले मानव मानवबीच ठूलो असमानता पैदा गर्छ। यद्यपि त्यसका पनि धेरै कुरा विष्लेषण गरेर यसका खराबी कम भएको देखाउन सकिन्छ।

जस्तै कर धेरै तिर्ने,  रोजगारी दिने, स्रोत साधनको सदुपयोग गर्ने आदि। यति हुँदाहुँदै पनि पुँजीपतिहरूले नीतिनिर्माण गर्ने बेलामा आफूअनुकूल निर्णय गर्न लगाएर अर्थतन्त्रलाई प्रभाव पार्ने गरेको भन्ने आलोचना पनि उठी रहेको छ। जे होस् देश विकासमा भौतिक पुँजीको विकास हुन जरुरी छ।

दोस्रो प्रकारको पुँजी वित्तीय पुँजी हो। यसमा नगद, चेक, प्रतितपत्र, ऋणपत्र, शेयर, आदि पर्दछन्। वित्तीय पुँजी परिचालनको क्षमताले पनि पुँजीवादमा निजी क्षेत्रले अत्यधिक लाभ कमाई रहेको हुन्छ। बैंक, वित्तीय संस्था आदि उद्योग वा वाणिज्य होइनन्। तर, पनि यस्ता संस्थाहरूले वित्तीय पुँजी निर्माण गरी रहेका हुन्छन्।

यसैगरी, तेस्रोमा बौद्धिक पुँजी रहेको हुन्छ जस्तै , कलाकारिता, वैज्ञानिक आविष्कार, व्यापारिक कारोबार, खरिद बिक्रीको तालमेल मिलाउनु हो।

ज्ञान, बुद्धि, प्रतिभा र खोज अनुसन्धानबाट कमाई गर्नुलाई बौद्धिक पुँजीको रुपमा बुझ्न सकिन्छ। यसपछि मानव साधनको बारेमा बहस चल्छ वास्तवमा मानिस पुँजी हो वा होइन।

विश्वमा सामन्तवादको अन्त्य पछि पुँजीवादको जन्म भयो। त्यो पुँजीवादको जन्म दिनेवाला पनि सामन्तवादी अर्थव्यवस्था नै हो। अधिकांश चलाख र दुरदर्शी सामन्तवादीहरु नै पछि गएर उद्यमीका रूपमा पुँजीवादी बनेका छन्।

यसरी पुँजीवाद भित्रबाटै देशको सम्पन्नता खोज्न सकिन्छ खोज्नुपर्छ भन्ने सोच अहिले विकास भएको छैन।

पुँजीवादका सम्पूर्ण स्वतन्त्रता आम युवाहरूलाई प्राप्त भए पनि नेपालमा उद्यमी बन्नेमा भन्दा सरकारी जागिर खाने वा विदेश जानेको संख्या दिनदिनै बढ्दै गएको छ। यसको कारण वस्तुनिष्ठ भएर व्यक्तिअनुसार खोजबिन हुन जरुरी छ।

नेपालमा के कारणले युवाहरु उद्यमी बन्न चाहेका छैनन् भन्ने कुरा जिल्लाअनुसार, व्यक्तिअनुसार अलगअलग रूपमा बुझ्न जरुरी छ। जरोबाट समस्या खोज्ने र त्यसको समाधान गर्नु आजको अर्थशास्त्रको आवश्यकता हो। नेपालको संविधानमा समाजवाद उन्मुख भनिए पनि आर्थिक प्रणाली पुँजीवादी छ।

 अर्कातिर विश्वबजार सुहाउँदो गुणस्तरीय औद्योगिक र कृषि उत्पादन गर्न पनि सकेको छैन। पहिलो कुरा प्रविधिमा विश्वबजारसँग प्रतिस्पर्धा हुन सकेको छैन।

दोस्रो कुनै उद्योगलाई बहुराष्ट्रिय कम्पनी बनाउने सोँचसमेत कुनै उद्योगले लिन सकेको छैन। त्यसैले एउटा देशबाट ल्याएर अर्को देशमा निर्यात गरेका भरमा दंग पर्ने अवस्थामा देश बाँचिरहेको छ।

कुनै  वस्तुको निर्यातमा विश्वलाई जित्ने गरी नीति, रणनीति बनाउन सक्ने हो भने एउटावा २ वटा स्तुले पनि नेपालको अवस्था निकै सुध्रिने थियो। तर अहिलेसम्म यस्तो कुनै उपाय देखिएको छैन।

दक्षिण कोरियालाई सामसुङ र हुन्डाईको व्यापारले विकसित देशको हाराहारीमा उभ्याएको छ। बंगलादेशमा तयारी पोसाकको व्यापारले १९ करोड जनतालाई पाल्न सहयोग पुर्‍याएको छ। 

नेपालमा  आयातमुखी अर्थतन्त्र हाबी भएको छ। यसमा विभिन्न प्रयासबाट निर्यातमुखी अर्थतन्त्रतर्फ अलिकति प्रयास बढाउन सके मात्र पुँजीवाद वास्तवमा सार्थक र सहयोगी हुने हो देश र जनताका लागि। यसले हाम्रो व्यापार घाटा कम गर्न वर्षौं कुर्नु पनि पर्दैन।

हाम्रो भौतिक, वित्तीय तथा बौद्धिक पुँजीलाई केही निर्यातमूलक उद्योगमा केन्द्रित गरौँ जसको बजार दिगो र स्थायी हुनुको साथै तुलनात्मक रूपमा उत्पादन पनि अन्य देशको भन्दा सस्तो होस।

धेरैतिर हातहाल्न भन्दा निर्यातयोग्य एक वा २ वस्तु प्रयासलाई केन्द्रीकृत गरौँ। विश्वबजार निरन्तर मागबढी रहने र नेपालले चाहेमा उत्पादन बढाउन पनि सक्ने केही कृषि उत्पादनका सम्बन्धमा दीर्घकालीन सोच बनाउन आवश्यक देखिन्छ।

हाम्रा तराई  पहाड र भित्री मधेशका फाँटहरुमा भटमास र तोरीको मात्र उत्पादन  व्यापक रुपमा बडाएर तेल निर्यात गर्न सकिन्छ। यो तत्कालै ३ खर्बको हाराहारीमा गर्न गाह्रो छैन। नेपालको पुँजीवादले पहिलो चरणमा सार्थक हुनेछ।

हजारौँ माइल यात्रा एक पाइलाबाट सुरु हुन्छ भनेझैँ नेपालको सम्मृद्धिको यात्रा तेलहनबाट लिनुपर्छ भन्ने बारेमा गहन प्रयास  गरौँ किनकि विश्व बजारमा भएको र नेपालमा सम्‍भावना भएको वस्तु तेलहन देखिएको छ।

नेपालमा  आयातमुखी अर्थतन्त्र हाबी भएको छ। यसमा विभिन्न प्रयासबाट निर्यातमुखी अर्थतन्त्रतर्फ अलिकति प्रयास बढाउन सके मात्र पुँजीवाद वास्तवमा सार्थक र सहयोगी हुने हो देश र जनताका लागि। यसले हाम्रो व्यापार घाटा कम गर्न र्षौं कुर्नु पनि पर्दैन।

जे होस् निर्यात बढाउनका लागि एक वा दुई स्तुमा जोडदार रुपमा अगाडी बढ्न जरुरी छ। अन्यथा हामी सधैँ पुँजीहीन पुँजीवादी हुनेछौँ। 

सोचौ , बजारको माग हेरेर वस्तुको उत्पादन गर्न सक्ने देश मात्र पुँजीवादी भनिन लायक हुन्छन्। निजी क्षेत्रले पनि आफ्नो भूमिकालाई स्तुनिष्ठ बनाउन जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.