|

दाङ : दाङमा ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ। लमही नगरपालिका-६ देउपुरमा बिहीबार बिहान ट्रयाक्टरबाट खसेर स्थानीय १५ वर्षीय शुसान चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरमा सवार उनी बिहान ६ बजे ट्रयाक्टरबाट खसेका हुन्। ट्रयाक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.