|

सुर्खेत : कर्णाली प्रदेश सरकारले १६ किलोमिटर कालोपत्रे गरेको प्रगति विवरण सार्वजनिक गरेको छ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको प्रगति समीक्षामा यो विवरण सार्वजनिक गरिएको हाे।

सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रममा प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक कालोपत्रे गरेको प्रगति सार्वजनिक गरेको थियो।

त्यस्तै, ग्राभेल ११३ किलोमिटर, नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ। ९ वटा पुल र ८ वटा सडक पुलसमेत निर्माण गरेको जानकारी गराइएको छ।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति विवरण सबै मन्त्रालय तथा प्रदेशस्तरका कार्यालयले सार्वजनिक गरिरहेका छन्। प्रगति विवरणमा सबैभन्दा राम्रो विकट जिल्ला डोल्पामा रहेको पाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.