|
फाइल फोटो

काठमाडौं :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन हुँडारजस्तो भएको टिप्पणी गरेका छन्। 

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यशालालाई शुक्रबार सम्बोधन गर्दै ओलीले गठबन्धनमाथि निगरानी गर्नुपर्ने बताए।

‘गठबन्धन मलाई ठ्याक्कै लाज सरम पचेको हुँडारजस्तो लाग्छ‚’ओलीले भने, ‘यीनीहरू खतरनाक तत्व हुन्, जे पनि गर्न सक्छन् निगरानी गर्नुपर्छ।’

उनले अहिले कार्यकर्तालाई कार्ल मार्क्स नपढ्न भन्दै कांग्रेस र माओवादी पढ्न सुझाए।

‘अहिले दास क्यापिटल नपढ्नुस्, माओको भोलुम पनि पढ्नुपर्दैन। चुनावपछि पढे पनि हुन्छ’, ओलीले भने, ‘अहिले माओवादी पढ्नुस्, कांग्रेस पढ्नुस्। यिनीहरुले जे पनि गर्न सक्छन्, चनाखो रहनुस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.