|

काठमाडौं : आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ। बिहीबार बागबजारस्थित काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलन आयोजना गरि आवेदन खुलाएको घोषणा गरिएकाे हो।

आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरी रहेका तथा नयाँ योजना र आइडियासहित शो उद्यम गर्ने सोच बनाएका विद्यार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो ।

आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाका अनुसार वर्तमान युग र समय सापेक्ष समस्या र अवसरहरू सम्बन्धित नवीनतम तथा दिगो समाधान सहितका आइडिया भएका विद्यार्थीहरुले कलेज आईडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन्। 

पत्रकार सम्मेलन कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत अतिथि वक्ताको रुपमा उपस्थित थिए। यसैगरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका उपनिर्देशक डा.गंगाराम विश्वकर्मा, वल्ड वाईल्डलाइफ फण्ड नेपालका देश प्रतिनिधि डा.घन श्याम गुरुङ, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. लामा , कलेज आइडिया हन्ट २०१९ का बिजेता जोसेप श्रेष्ठ, आईडिया स्टुडियो सिजन ४ की आईडिएटर आङ डोल्मा शेर्पा लगायत विद्यार्थीहरुकाे  उपस्थिति थियो । 

आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाका अनुसार कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरु मध्येबाट उत्कृष्ट १० योजनालाई व्यवसाय सम्वन्धि विभिन्न तालिम तथा परामर्श प्रदान गरिनेछ।

​ उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आईडिया स्टुडियाे सिजन ७ मा सिधै प्रवेश पाउनेछन्। साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायीक संजाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन्। 

कलेज आईडिया हन्ट २०२२ मा सहभागी हुन चाहाने इच्छुक विद्यार्थीहरुले २०७९ भदौ १९ गते सम्म आवेदन दिइसक्नुपर्ने उनले जानकारी दिए। विद्यार्थीहरुले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो गाइडलाइनका लागि आइडिया स्टुडियो नेपालकाे बैवसाइटमा गएर हेर्न सकिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.