|
अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस। तस्वीर : सिन्ह्वा

मङ्कीपक्सका सङ्क्रमितको संख्या बढेपछि अमेरिकामा स्वास्थ्य सङ्कटकाल घोषणा गरिएको छ। अमेरिकाको स्वास्थ्य तथा मानवीय सेवा विभागले बिहीबार सो घोषणा गरेको हो।

विभागका तर्फबाट बिहीबार गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको दिन प्रतिदिन संक्रमण बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो।

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ।

अमेरिकामा बिहीबारसम्ममा ६ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको थियो। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा फैलँदो मङ्कीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा नै २५ प्रतिशत संक्रमण देखिएको छ।

विश्वका कैयौँ देशमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ। विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ। अहिले पनि विश्वका कतिपय देशमा यसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएका समाचारहरु आइरहेका छन्।

अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइमा यसका सङ्क्रमितको संख्या धेरै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.